काठमाडौँ, ४ भदौ - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को दल दर्ता कायम गर्ने विषयमा सर्वोच्च अदालतमा परेको रिट आज ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अध्ययन गरेको सो रिट समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए । उक्त रिटमाथि भोलि पनि वहसपैरवी हुने उनले जानकारी दिए ।
निर्वाचन आयोगमा गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखत सनाखत गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई नयाँ पार्टी कायम गर्न माग गर्दै अध्यक्ष पशुपतिशम्शेर राणाले गत शुक्रबार अदालतमा निवेदन दर्ता गरेका थिए ।