१९ असार २०८३, शुक्रबार

चलचित्र ‘डिसेम्बर फल्स २’को निर्माण घोषणा

चलचित्र ‘डिसेम्बर फल्स २’को निर्माण घोषणा

गत महिना प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन् ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले राम्रो हाइप बनाएपनि चलचित्र हेर्न दर्शकहरु हलसम्म पुगेनन् । अन्ततः घाटामा गयो चलचित्र ।

यद्यपि, चलचित्र असफल भए पनि यसको सिरिज निर्माण हुने भएको छ ।

चलचित्रका निर्माता रामप्रसाद रिजालले ‘डिसेम्बर फल्स २’ निर्माणको घोषणा गरेका छन् ।

लक्ष्मण रिजालको लेखन एवं निर्देशनमा बन्ने चलचित्रका लागि उपासना सिंह ठकुरी फाइनल भइसकेकी छिन् । ‘डिसेम्बर फल्स’का कलाकारहरूका साथमा अहिलेका चर्चित कलाकारहरू समेत चलचित्रमा रहने बताइएको छ ।

महेश आर गुप्ताको छायाँकन रहने चलचित्र चैत दोस्रो साताबाट फ्लोरमा निस्किने जनाइएको छ ।

नेपाल र यूरोपका बिभिन्न स्थानमा चलचित्र खिचिने निर्माण टिमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्