२८ असार २०८३, आइतबार
सर्वोच्चको फैसला

रवि लामिछानेको नागरिकता अवैध ठहर, गयो सांसद र मन्त्री पद

माघ १३, २०७९
रवि लामिछानेको नागरिकता अवैध ठहर, गयो सांसद र मन्त्री पद

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ ।

यससँगै उनको सांसद पद गएको छ । नेपाली नागरिक नरहेको ठहर भएकाले मन्त्री पद पनि जाने देखिन्छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रवार रविको नागरिकता अवैध भएको ठहर गरेको हो ।

सर्वोच्चको फैसलापछि रवि सांसद रहन अयोग्य ठहरिएका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन– २ बाट भारी मतले विजयी भएका थिए । अब त्यहाँ उपनिर्वाचन गर्नुपर्ने छ ।

अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्ति नगरी उम्मेदवारी दिएकाले उनी सांसद बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

सोही रिटमा सुनुवाइपछि शुक्रवार फैसला सुनाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्