
नागरिकता मुद्दामा दोषी पाइएपछि गृहमन्त्री रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको छ ।
पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका रविको पद ३२ दिनमै गएको हो ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहितको संवैधानिक इजलासले नागरिकता मुद्दामा उनलाई दोषी ठहर्याएसँगै रविको मन्त्री पद गएको हो ।
उनी अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रहन पाउने छैनन् । रविले जितेको चितवन– २ मा उपचुनाव हुने भएको छ ।