
सर्वोच्च अदालतबाट नागरिकता अवैध गएको ठहर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सबै सरकारी सुविधा छाडेका छन् । उनले राजीनामा दिएसँगै आजै सरकारी क्वार्टर पनि छाडेका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाएर लामिछाने आजै निजी निवास फर्किएको उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
‘मन्त्रालयबाट आफ्नै सवारी चडेर बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएर सरकारी क्वार्टर छाडेर आफ्नो निजी निवासमा फर्कनु भयो, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।