०९ साउन २०८३, शनिबार

रवि लामिछाने पदमुक्त हुँदा पार्टी काममा धक्का, प्रदेशस्तरीय कार्यक्रम स्थगित

रवि लामिछाने पदमुक्त हुँदा पार्टी काममा धक्का, प्रदेशस्तरीय कार्यक्रम स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन सभापति रवि लामिछाने सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त हुँदा पार्टी काममा धक्का लागेको छ ।

रास्वपाले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ ।

पार्टी प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले शुक्रवार साँझ एक प्रेस विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ गतेदेखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

प्रवक्ता डा. ढकालले विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको बताए । सर्वोच्च अदालतले शुक्रवार पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको विषयमा फैसला गर्दै सांसद पद नरहने निर्णय गरेको थियो ।

रास्वपाले पार्टीका लागि चुनौतीको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमता साथ प्रस्तुत हुन अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्