
प्रहरीले देशको विभिन्न स्थानबाट व्यक्तिको शव फेला पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका –१ नमुना चोक बस्ने ४७ वर्षीय नुराज राई आफ्नै निर्माणाधिन घरको आँगनमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, कालिकोटको सान्नित्रिवेणी गाउँपालिका–८ डाडुके बस्ने सान्नित्रिवेणी गाउँपालिका स्वास्थ्य कार्यालयमा कार्यरत अहेब २४ वर्षीय छपेश सहकारी (क्षेत्री) सोही ठाउँस्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तीनबारे घर भई मिक्वाखोला गाउँपालिका–४ दलैचा बस्ने मावली बाजे बुद्धराज साँवा लिम्बुको घरमा बस्दैआएका १५ वर्षीय सुनिल थुलुङ राई सोही ठाउँस्थित भिरको खोल्सीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसतै, सोही ठाउँस्थित एङ्खरा भिरमा दिउँसो आगलागी हुँदा स्थानीयसँग आगो निभाउन गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।