काठमाडौं उपत्यकामा चोरीको घटना बृद्धि भएको छ । प्रहरीका अनुसार हरेक दिन चोरीको घटना भइरहेकाले सतर्कता अपनाउन प्रहरीको सुझाव छ । यसैबीच ताकेश्वर नगरपालिका–११ स्थित हाम्रो सगरमाथा बहुउदेश्य सहकारी संस्थाबाट नगद ३ लाख ५० हजार रूपैयाँ शुक्रबार चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । चोरीका घटना बृद्धि भएसँगै विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको उपत्यका प्रहरीले जनाएको छ ।