![पतिको निधनपछि भालुसँग प्रेम ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/bear_vJxxzIrBTT.jpg)
मान्छेको भालुसँग प्रेम भयो भन्दा सहजै पत्यार नलाग्ला तर एउटा यस्तै घटना सार्वजनिक भएको छ ।
पाकिस्तानी महिलाले पतिको निधनपछि भालुसँग प्रेम भएको घटना सार्वजनिक गरेकी छन्, उनका अनुसार उनी विगत १० वर्षदेखि खेलौना भालुसँग प्रेममा छिन् ।
उनको विषयमा यूट्युबमा राखिएको भिडियो यतिबेला भाइरल भइरहेको छ । ‘सोसल क्लीक’ यूट्युब च्यानलसँग कुराकानी गर्दै उनले खेलौना भालुसँगको प्रेम कथाबारे बताएकी छन् ।
उनले भनेकी छन्, ‘खेलौना भालु मेरो साथी हो, यो मलाई धेरै मन पर्छ र मसँग रहन्छ ।’
उनले आफ्नो सफलताका पछाडि भालुकै हात रहेको बताएकी छन् । ‘यो मेरा हरेक कुरा सुन्छ र कुनै जवाफ दिँदैन,’ उनले भनिन्, ‘यो मेरो सुखदुःखको साथी हो ।’ भिडियो अन्तर्वार्तामा उनले खेलौना भालुका लागि गीत समेत पाएकी छन् ।
हेर्नुहोस् भिडियो –