×

NMB BANK
NIC ASIA

सफलता

सधैं अब्बल रञ्जना : कृषि विकास बैंकको लेखापालदेखि राष्ट्र बैंकको निर्देशकसम्म

माघ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकको प्रदेश स्तरीय कार्यालय सिद्धार्थनगर रूपन्देहीको निर्देशक पदमा कार्यरत पण्डित विक्रम संवत् २०५१ सालमा पहिलोपटक कृषि विकास बैंकको लेखापालबाट सरकारी बैंकिङ सेवामा प्रवेश गरेकी हुन् । २८ वर्षे बैंकिङ यात्रा र २६ वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेकी उनी अहिले निर्देशक (सहसचिव सरह) को उपल्लो पदमा छिन् । यहाँसम्म पुग्न प्रतिस्पर्धा गर्दा रञ्जना सधैं अब्बल ठहरिँदै आइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशक पदमा अहिले नेपाल राष्ट्र बैंकमा देशभर जम्मा ८ जना महिला मात्र कार्यरत छन् । सिद्धार्थनगर शाखाले लुम्बिनी प्रदेशका ८ जिल्ला हेर्ने गर्छ भने बाँकेको नेपालगञ्ज शाखाले ४ जिल्लामा हेर्छ तर प्रदेशका १२ वटै जिल्लामा रहेका बैंकका रिपोर्ट र ‘डाटा कलेक्सन’ र ‘मोनिटरिङ’ पण्डित कार्यरत बैंकको सिद्धार्थनगर शाखाबाट हुन्छ ।


Advertisment
Nabil box
Kumari

१ वर्ष अगाडि नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागबाट सरूवा भएर रूपन्देही आएकी रञ्जनाले बैंकको माथिल्लो तहमा पुगेर महिलाले सक्दैनन् कि भन्ने कुनै समय समाजमा रहेको सोचलाई पूरै परिवर्तन गर्न सफल भएकी छन् । 

Vianet communication
Laxmi Bank

बैंकिङ शाखा हाँक्दा उनी काममा अब्बल ठहरिएकी छन् । एउटा लक्ष्य लिएर जो व्यक्तिले सपना देख्छ, त्यो सफल भएर छाड्ने उनी बताउँछिन् । ‘निरन्तरको लगाव, कठिन परिश्रम सहितको अध्ययन र दृढताका साथ अगाडि बढेमा संसारमा असम्भव भन्ने केही छैन,’ रञ्जना भन्छिन्, ‘महिलाको पदीय मर्यादा र हैसियतलाई संकुचित मानसिकताबाट हेर्नेहरू पनि समाजमा अझै छन् । त्यसैले आइपर्ने जस्तोसुकै जिम्मेवारीलाई पन्छाउने नभई क्षमता देखाउन कुर्चीमा जाँचिने आँट महिलामा हुनुपर्छ/गर्नुपर्छ ।’ 

स्याङ्जाको साविक विचारीचौतारा गाविस हालको आँधीखोला गाउँपालिकामा जन्मिएकी रञ्जनाको परिवारको आर्थिक अवस्था मध्यम थियो तर छोरीले पनि पढ्नुपर्छ भन्ने परिवारमा चेतनाको विकास भएको थियो । 

५ कक्षासम्म उनले गाउँमै पढिन् । ६ कक्षा पढ्न उनी काठमाडौंको कालिमाटीस्थित जनप्रभात माविमा गइन् । बुवा कृष्णप्रसाद वाणिज्य बैंकको जागिरे भएको हुँदा उनी काठमाडौं पुगेकी हुन् । तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) विक्रम संवत् २०४८ सालमा उनले त्यहीँ विद्यालयमा उत्तीर्ण गरिन् । 

पदमा कन्या क्याम्पसमा व्यवस्थापन संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी वाणिज्य बैंकको लेखापालको परीक्षामा सहभागी भइन् । उनले प्रशासन सेवातर्फ अध्ययन गरेकी थिइन् तर पहिलो प्रयासमा वाणिज्य बैंकमा नाम निस्किएपछि उनको लक्ष्य र सपना मोडियो । बैंकिङ सेवासँगै उनले शंकरदेव क्याम्पसमा स्नातक तह पढ्दै नेपाल राष्ट्र बैंकको सहायक पदमा परीक्षा दिइन् । त्यसमा पनि पहिलो प्रयासमै नाम निकाल्न सफल भइन् उनी ।

२०५५ सालमा तनहुँको भानु नगरपालिकाका राजेन्द्र पण्डितसँग उनको विवाह भयो । पण्डितको परिवार अहिले काठमाडौंको टोखामा बस्दै आएको छ । 

राजेन्द्र पनि राष्ट्र बैंकको अधिकृत तहमा कार्यरत छन् । ‘मेरो रूचि पनि बैंकिङ क्षेत्रमा भन्दा निजामती सेवातर्फ जाने थियो,’ रञ्जना भन्छिन्, ‘बुवाले त अझै निजामतीको पनि परराष्ट्र सेवातर्फ जानुपर्छ भन्नुहुन्थ्यो तर रुचि एकातिर, सेवा अर्कोतर्फ जस्तो भयो । शुरूमा परीक्षा दिएको नाम निस्किहाल्यो अनि यतैतिर लागियो ।’

त्यसपछि बैंकको आन्तरिक प्रतिस्पर्धाबाट अधिकृत तृतीय, द्वितीय हुँदै अधिकृत प्रथम (सहसचिव) तहमा पुगिन् उनी । यो स्थानमा पुग्न उनलाई कहिल्यै पछाडि फर्किनुपरेन । 

अधिकृत प्रथमको परीक्षा दिनुअघि उनी अमेरिकामा अन्तर्राष्ट्रिय मुद्रा कोषमा कार्यरत थिइन् । ‘२ वर्ष त्यहाँ काम गरी परीक्षामा सहभागी हुन आउँदा नेपालमा कोभिड महामारी फैलिएको थियो । अमेरिकाबाट चार्टर्ड उडानमार्फत नेपाल आउँदै गरेको जहाजबाट आएर प्रतिस्पर्धा गरेकी थिएँ, उत्तीर्ण भएँ,’ उनले भनिन् । यसबीचमा उनले व्यवस्थापन विषय र अर्थशास्त्रमा स्नातकोत्तर पनि पूरा गरेकी छन् ।

बैंकिङ क्षेत्र अहिले महिलाका लागि आकर्षक क्षेत्रमा परेको छ । ‘बैंकिङ क्षेत्रमा महिलाका लागि चुनौतीभन्दा अवसर धेरै छन् । महिलाले नेतृत्व गरेको कार्यालयमा अझै पनि शंकाको नजरले हेर्ने गरिन्छ । जसले गर्दा यस क्षेत्रमा धेरै महिलाले आफ्नो क्षमता देखाएर सफल हुनुपर्नेछ,’ उनले भनिन्, ‘चुनौती नभएको कुनै पनि सेक्टर नै हुँदैन, महिलालाई घरपरिवार, बालबच्चा र कार्यालयको दोहोरोतेहोरो जिम्मेवारी हुन्छ । सबै काम सकेर कार्यालय पुग्नुपर्छ । अफिसमा पनि उत्तिकै जिम्मेवारी हुन्छ । आएका जिम्मेवारी र चुनौतीलाई बोझिलो नमानी सामना गर्दै समाधान गरे सफलता छिटो मिल्छ ।’

मुलुक हाँक्ने स्थायी संयन्त्र सरकारी कर्मचारीमा महिलाको संख्या वृद्धिसँगै महिलाको कदर पनि हुँदै गएको छ । रञ्जनाका अनुसार महिला शिक्षित भएसँगै वित्तीय र प्रशासनतर्फ पहुँचमा वृद्धि भएको छ । ‘महिलालाई अझै पनि विश्वास गर्दैनन्,’ उनी भन्छिन्, ‘यस्तो भन्नेलाई गरेर देखाउने क्षमता राख्ने रणनीति बनाउनुपर्छ । फिजिकल काममा महिला केही कमजोर होलान् तर अन्य काममा पुरुषभन्दा कम छैनन् ।’

झण्डै ३ दशकको बैंकिङ सेवाको दौरान जोडिएका हरेक पक्षबाट रञ्जनाले राम्रो ‘रेस्पोन्स’ पाएकी छन् । ‘काम गर्दा धेरै समस्या र चुनौतीसँग जुध्नुपर्छ । सरकारी कार्यालयहरू अझै पनि पूर्ण रूपमा लैंगिकमैत्री छैनन् । केही परिवर्तन त भएका छन् । एकैपटक परिवर्तन नभए पनि बिस्तारै हुने क्रम जारी छ,’ उनले भनिन् । सेवासँगै बचत हुने आफ्नो सीमित समयलाई खेर जान नदिई उनले क्षमता विकास, पारिवारिक जिम्मेवारी र पेशाप्रतिको उत्तरदायित्वलाई सँगै हिँडाएकी छन् ।

सरकारी बैंकको सेवा प्रवाहमा ढिलासुस्ती भएको गुनासो सुनिन्छ । प्रक्रिया पूरा गर्ने नाममा सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने अवस्था कम हुँदै गएको उनको अनुभव छ । रूपन्देहीमा बस्दा उनले यहाँ ठूलो लगानीयोग्य सम्भावना पनि देखेकी छन् । ‘यहाँ सबै क्षेत्रबाट लगानीयोग्य वातावरण मैले देखें,’ उनी भन्छिन्, ‘बैंकदेखि उद्योगीहरूले लगानी गर्नका लागि रूपन्देही उर्वर जस्तै छ तर कोरोना महामारीपछि आर्थिक चलायमान हुन सकेको छैन ।’

उद्योगीहरूले बैंकबाट लिएको कर्जाको साँवा र व्याज तिर्न नसक्ने भनेर आन्दोलन गर्नु अपराध गरे बराबर रहेको उनको बुझाइ छ । ‘व्यवसायीले अहिले जुन धम्क्याइरहेका छन्, त्यो भन्नु भनेको सिस्टम नै मान्दिनँ भन्नु बराबर हो,’ उनले भनिन् ।

उद्योगी/व्यवसायीले जुन उद्देश्यले बैंकबाट कर्जा लिएका हुन्, त्यो क्षेत्रभन्दा अन्यत्र अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिलेको अवस्था सिर्जना भएको उनले बताइन् । ‘अहिलेको अवस्था पार लगाउन धैर्य भएर पार लगाउनुपर्छ । अराजक स्थिति आउन दिनु हुँदैन, सिस्टममा ह्रास आउने अवस्था आए राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x