माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले ।
ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका सिलसिलामा संयुक्त राज्य अमेरिकामा छिन् । उनलाई पनि अमेरिका आउन दबाब छ । एक किसिमले उनलाई नपुग्दो केही छैन ।
७ समुन्द्रपारि अर्काको देशमा जानुको साटो उनी गुमीस्थित पुर्ख्यौली जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेतीमा रमाएका छन् ।
हिराले व्यवसाय गर्नुअघि सुर्खेतमा यसको छिटपुट खेती हुने गरेको थियो तर हिराले व्यावसायिक रूपले खेती थाले । यसले गर्दा कर्णालीमै ड्रागन फ्रुटको व्यावसायिक खेती गर्ने जस उनैलाई जान्छ । त्यसो त कर्णालीमा ड्रागन फ्रुट बालीका लागि हावापानीका दृष्टिले सुर्खेत जिल्ला नै उपयुक्त हो । तराई र भित्री मधेशको हावापानी, माटो उपयुक्त मानिन्छ । उनकै पे्ररणाका कारण सुर्खेत उपत्यकामा पनि अहिले यो खेतीको लहर चलेको छ । जग्गा भाडामा लिँदै ड्रागन खेती गर्नेहरूको संख्या थपिन थालेको छ ।
सन् २०२० मा कोरोना भाइरस विरुद्धको लकडाउन थियो । हिराबहादुर घरमै बसेर दिन कटाउँथे । वीरेन्द्रनगरको खजुरास्थित घरमै बसेर यूट्युब भिडियोहरू हेर्ने गर्दथे । मोबाइल चलाइरहेका बेला एकदिन ड्रागन फ्रुट व्यवसाय सम्बन्धी कसैले बनाइरहेको भिडियोमाथि उनको नजर पर्यो ।
उनले दोहोर्याइतेहर्याई भिडियो हेरे । त्यतिबेलासम्म उनले यसको स्वाद चाखेका थिएनन् । खेती लगाउने तरिकादेखि यसले स्वास्थ्यमा पुर्याउने फाइदाबारे यूट्युबबाटै ज्ञान हासिल गरे उनले । ‘भोलिपल्ट, पर्सिपल्ट यससम्बन्धी विभिन्न भिडियो र गूगल सर्च गर्दै अध्ययन बढाउन थालें,’ हिराबहादुर भन्छन्, ‘सबै बुझेपछि गाउँमा रहेको पुर्ख्यौली जग्गामा किन खेती नगर्ने भन्ने सोच पलायो ।’
लकडाउनकै बीचमा उनले गाउँको बाँझो जग्गामा ड्रागन खेती गर्ने योजना अघि बढाएका थिए ।
हिराबहादुरले नेपालमै पहिलोपटक कंक्रिटको रिङ राखेर खेती गर्न शुरू गरे । उनीभन्दा अघि व्यवसाय गर्नेले टायरको रिङ राख्दै आएका थिए । धेरैले अहिले पनि टायरकै रिङ राखेको पाइन्छ । हिराले १३ रोपनी जग्गामा १ करोड १५ लाख रुपैयाँ खर्चिसकेका छन् ।
गुमीस्थित उनको फर्म ड्रागन फ्रुट बालीको स्रोत केन्द्रको रूपमा विकास भएको छ । फल, बेर्ना बेच्नुका साथै फूलबाट चियापत्ति र कलिलो मुनालाई तरकारीको रूपमा प्रयोग गर्दै आएका छन् । कलिलो मुना स्थानीय बजारमा बिक्री हुने गरेको छ । सुकेको फूलको पत्ताबाट स्वादिष्ट चिया तयार हुन्छ । भिटामिन सी प्रचुर मात्रामा पाइने हुँदा घाउ निको पार्न उपयोगी मानिने हिरा बताउँछन् ।
हिराको फर्मको नाम कर्णाली ड्रागन फ्रुट हो । यसबाटै उनले प्याकेजिङ, लेबलिङ लगायतका काम ब्रान्डिङ गर्दै आएका छन् । पूर्वी सुर्खेतमा फैलिँदो बजार छ । बजारको समस्या छैन उनलाई । खेती शुरू गरेको ९ महिनामै फल लाग्न थालिसकेको थियो । रातो ड्रागन फ्रुट प्रतिकिलोग्राम ८०० रुपैयाँ मूल्यमा स्थानीय बजारमा खपत हुँदै आएको छ । उनका अनुसार गत आवमा ६ क्वीन्टल, चालू आवमा १५ क्वीन्टल उत्पादन भइसकेको छ । ड्रागन फ्रुट उत्पादक तथा व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका हिराबहादुरले स्वास्थ्यका दृष्टिले यो निकै लाभदायक भएको बताए । ‘मधुमेह रोगबाट बचाउँछ, रगतमा चिनीको मात्रा सन्तुलन गर्छ, क्यान्सरको जोखिम घटाउनुका साथै पाचन प्रक्रिया सुधार गर्छ,’ उनी भन्छन्, ‘ड्रागनमा उच्च पौष्टिक तत्व हुने हुँदा स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ ।’
एकपटक लगानी गरेपछि कृषकले नियमित रूपमा आम्दानी लिइरहन सक्छन् । हिरा भन्छन्, ‘लगाएको वर्षदेखि २५ वर्षसम्म उत्पादन दिन्छ, एकदम छिटो बढ्ने बहुवर्षीय बाली भएकाले पछिल्ला केही वर्षयता युवा, कृषकहरू यसप्रति आकर्षित छन् ।’ उनलाई उतिबेला जागिर छाडेर पागल भयो भन्नेहरू कतिले उनकै फर्ममा रोजगारी गर्दै दिनचर्या गुजारेका छन् भने कतिपय उनले फलाएको फलको स्वादमा भुलेका छन् ।
‘शुरूमा मलाई निकैले गाली गरे, के गरेको यस्तो पनि भन्न भ्याए,’ उनी भन्छन्, ‘अहिले मेरो फर्म देखेर तिनै मान्छे चकित छन्, खेती गर्ने योजनामा पुगिसकेका छन् ।’
ड्रागन फ्रुट नेपालमा एक उदीयमान फलको रूपमा रहेको छ । सिउडी प्रजातिको यो फललाई ‘रातकी रानी’ पनि भनिन्छ । राति फुल्ने र उज्यालो नहुँदै ओइलाउने हुँदा यसलाई ‘रातको रानी’ भनिएको हो । कर्णालीमा प्रदेशमा उच्च पहाडी र हिमाली जिल्लामा हावापानीका दृष्टिले यसको सम्भावना छैन । सल्यानमा १ जनाले खेती शुरू गरेका छन् । त्यसैले उनी पनि सुर्खेतका भित्री मधेश, चुरे क्षेत्रमा यसको विस्तार गर्ने अभियानमा जुटेका छन् । उनकै प्रयासमा होस्टेमा हैंसे गर्दै सुर्खेतका १३ जना कृषकले ड्रागन फ्रुट व्यवसाय शुरू गरेका छन् र ती सबैलाई संगठित गर्दै व्यावसायिक रूपले खेती गर्न सिकाउँदैछन् हिराबहादुर ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...