सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब दुई किमिभित्र निर्माण गरिएको भरत तालमा पर्यटकलाई घुमाउन राखिएका डुङ्गा । मानव निर्मित यो ताल वरिपरिका बाटोसहित १२१ बिघा क्षेत्रफल जग्गामा निर्माण भएको र यसको लागत करिब रू ५८ करोड लागेको बागमती नगरपालिकाका प्रमुख भरत थापाले जानकारी दिए । तालको गहिराई मध्यभागमा ७० फिटसम्म रहेको जनाएको छ । तस्बिर : रत्न श्रेष्ठ -रासस