२४ असार २०८३, बुधबार

शेखर भन्छन् - फागुन २८ भित्र राष्ट्रपति चुनाव नगरे अनिष्ट हुन्छ

शेखर भन्छन् - फागुन २८ भित्र राष्ट्रपति चुनाव नगरे अनिष्ट हुन्छ

कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी फागुन २८ भित्र राष्ट्रपतिको चुनाव नगरे देशमा अनिष्ट हुने बताएका छन् ।

विराटनगरमा नेपाल प्रेस युनियनको प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले कुनै पनि बहानामा राष्ट्रपतिको चुनाव पछाडि धकेल्न नहुने बताएका हुन् ।

 ‘राष्ट्रपतिको निर्वाचन पछाडि सार्नेगरी इफ, बट केही पनि स्वीयकार्य छैन’, कोइरालाले भने, ‘फागुन २८ गतेभित्र राष्ट्रपतिको चुनाव नगरिए देशमा अनिष्ट हुन्छ ।’

राष्ट्रपतिको चुनाव कांग्रेसको प्राथमिकतमा रहेको भन्दै कोइरालाले पार्टीले उम्मेदवारी दिने पनि प्रस्ट्याए। 

salt training

कमेन्ट गर्नुहोस्