२७ असार २०८३, शनिबार

नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै अभिनेत्री एलिजाले भनिन्- देशप्रति दायित्वबोध भएको छ

नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै अभिनेत्री एलिजाले भनिन्- देशप्रति दायित्वबोध भएको छ

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । आज शनिबार रूपन्देहीमा आज विशेष कार्यक्रम आयोजना गरेर उक्त पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् । गौमत ऋषि धमलाकी पत्नी हुन्। 

आफू उन्मुक्ति पार्टीको विचारबाट प्रभावित भएर प्रवेश गरेको उनले बताइन्। पार्टी प्रवेशपछि उनले आफ्नो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति महसुस गरेको बताइन्।

भनिन्, ‘म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ । यसमा म आफूलाई खरो रुपमा प्रस्तुत गर्नेछु । भुईं मान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो । हाम्रो राजनीतिक सक्रियताले आवाजविहीनहरूको आवाज बोल्नेछ । हामी बेसहाराहरुको साहारा बन्नेछौं । जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन् । हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिइरहनेछौं ।

salt training

कमेन्ट गर्नुहोस्