चैत ८, २०७९
दशरथ रंगशालामा भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। अनन्त तामाङले खेलको ३० औं मिनेटमा गोल गरेका हुन्। नेपालले अर्को खेल चैत...
घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन भएका छन् ।
पोखरा रङ्गशालामा आज सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफलाई ३–२ सेटमा पराजित गर्दै घरेलु टोली गण्डकीले उपाधिसँगै नगद रु पाँच लाख पुरस्कार पायो ।
यसैगरी महिलातर्फ भने आर्मीलाई पराजित गरी एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । एपिएफ अघिल्लो संस्करणको विजेता हो । पुरुषतर्फको फाइनलमा घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पियो ।
दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः २५–१८ र २५–१९ ले खेल आफ्नो पक्षमा पार्न गण्डकी सफल भयो । चौथो सेटमा गण्डकीले अग्रता जोगाउन नसक्दा २८–२६ ले एपिएफलाई नतिजा सुम्पियो ।
निर्णायक सेटको खेलमा भने गण्डकीले एपिएफलाई सुरुआतबाटै अग्रता बनाउँदै दबाबमा राख्न सफल भयो । अन्तिम सेट १५–८ आफ्नो पक्षमा पार्दै गण्डकी दोस्रोपटक उपाधि चुम्दा एपिएफ उपविजेता बनेर रु दुई लाख ५० हजार नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो ।
महिलातर्फको प्रतिस्पर्धामा पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीलाई २५—२२ ले सुम्पियो । तेस्रो सेटमा २५–८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २५–२२ अङ्कले जित्दै विजेता बनेको हो । च्याम्पियन एपिएफले नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले रु दुई लाख ५० हजार पुरस्कारमा चित्त बुझायो ।
प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । साविक विजेतासमेत रहेको नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थानसहित रु एक लाख २५ हजार पुरस्कार पायो । आर्मीले चौथो स्थान हासिल गर्दै रु ६५ हजार पुरस्कार पायो ।
महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले तेस्रो स्थान प्राप्त ग¥यो । न्यू डायमण्डले नगद रु एक लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद रु ६५ हजार हात पारेको छ । प्रतियोगितामा महिलातर्फ एपिएफका सरस्वती चौधरी र पुरुषतर्फ गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु २५ हजार र ट्रफी पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट पाँच विधामा महिलातर्फ उत्कृष्ट सेटर न्यू डायमण्डका प्रगतिनाथ, सर्भर गण्डकीका अरुणा शाही, ब्लकर आर्मीका सङ्गम महतो, लिब्रो आर्मीका सरस्वती जैसी, स्पाइकर एपिएफका निरुता ठगुन्ना र प्रशिक्षक एपिएफका महेश चौधरी घोषित भए।
पुरुषतर्फ उत्कृष्ट सेटर गण्डकीका विवश आले, लिब्रो एपिएफका विनोद चन्द, सर्भर गण्डकीका घनश्याम चौधरी, स्पाइकर एपिएफका टेकराज वस्ती, ब्लकर गण्डकीका नितिश र प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए ।
प्रतियोगितामा विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, गण्डकी प्रदेशसभा सदस्यद्धय लीलाबहादुर थापा, प्रकाश बराललगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । रासस
दशरथ रंगशालामा भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। अनन्त तामाङले खेलको ३० औं मिनेटमा गोल गरेका हुन्। नेपालले अर्को खेल चैत...
म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप २०७९’ आमन्त्रित म्याग्दी लिग फूटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लब...
फ्रान्सको राष्ट्रिय फुटबल टीमको कप्तानमा किलियन एम्बाप्पे नियुक्त भएका छन् । यसअघिका कप्तान हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ...
प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । राष्ट्रिय फूटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरे...
ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु ...
सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रंगशालामा शुरू हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा &...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...