२७ जेठ २०८३, बुधबार

फर्निसिङमा आगलागी हुँदा लाखौँको क्षति

फर्निसिङमा आगलागी हुँदा लाखौँको क्षति

झापाको दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा आज साँझ आगलागी भएको छ ।  
स्थानीय विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा आज साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामान नष्ट हुन पुगेको थियो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेवल, तन्नालगायतका घरायसी सामान नष्ट भएका छन् ।

स्थानीय भगवान् बस्नेतको घरको भुइँतलामा रहेको पसल बन्द गरेर पुगेलगत्तै आगजनी भएको खबर आएको पीडित भट्टराईले बताए। आगजनीबाट लाखौँ मूल्यका सामान जलेर क्षति पुगेको दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

उनका अनुसार आगलागी दमक, उर्लाबारी, गौरादहको वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहायताबाट नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्