२७ जेठ २०८३, बुधबार

पूर्वी युक्रेनमा रुसी आक्रमणः तीन जनाको मृत्यु

माघ १४, २०७९
पूर्वी युक्रेनमा रुसी आक्रमणः तीन जनाको मृत्यु

पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै कम्तीमा दुई जना घाइते भएका छन् ।

डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा चार बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ । उनले भने लेखेका छन्– तीन नागरिक मारिए । कम्तीमा दुई जना घाइते भए ।

उनका अनुसार उद्धारकर्मी र प्रहरी घटनास्थलमा उद्धार गरिरहेका थिए र आक्रमणबाट भएको क्षतिको निगरानी गरिरहेका थिए ।

युक्रेनमाथि आक्रमण गरेको झण्डै एक वर्षपछि रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ । त्यस क्षेत्रलाई रुसले आफ्नो हिस्सा घोषणा गरिसकेको छ ।

युक्रेनका अनुसार यस हप्ता रुसी सेनाले पूर्वमा विशेष गरी वुग्लेदार र बाख्मुत सहरहरूमा आक्रमण बढाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनेट्स्क क्षेत्रमा मोर्चाको अवस्था ‘अत्यन्तै गम्भीर’  रहेको टिप्पणी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्