
आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।