०१ असार २०८३, सोमबार

आजको मौसम : सुदूरपश्चिम र कर्णालीको एक दुई स्थानमा हल्का वर्षा हुने

आजको मौसम : सुदूरपश्चिम र कर्णालीको एक दुई स्थानमा हल्का वर्षा हुने

देशभर पश्चिमी वायूको सामान्य असर कायमै रहेकाले आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई भूभागमा हल्का वर्षा र उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति प्रदेश १, कर्णाली, सदूरपश्चिम प्रदेशका केही भूभागमा सामान्य बदली रहने छ । बाँकी भागमा मौसम सामान्यतः सफा रहने छ ।

सोहीअनुसार भोलि सोमबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बदली रहने विभागको भनाइ छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केही भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, मंगलबार पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बदली रहने छ । सो दिन पनि ती प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना छ ।

तराईका केही स्थानमा विहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले जनजीवन प्रभावित हुने र केही हवाई उडान समेत प्रभावित हुनसक्ने विभागले जनाएको छ । चिसोबाट बच्न सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्