असोज १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने बताएका छन् । २ साताको विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...
स्याङ्जाका किसान सुन्तला बिक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले ४५ लाख आम्दानी गरेका हुन् ।
सुन्तला टिप्न थालेको शुरूआती अवस्थामा प्रतिकिलोग्राम ५५ रुपैयाँबाट शुरू गरेर अहिले अन्तिममा प्रतिकिलोग्राम ८९ रुपैयाँमा बिक्री भइरहेको उनले बताए । ‘बगैंचामा रहेको सुन्तला आफैं टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ,’ उनले भने, ‘यसबाट हालसम्म करीब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।’
सुन्तला टिप्नेक्रम जारी रहेको र अझै ३ लाख जतिको सुन्तला बोटमै रहेको उनले बताए । गत वर्ष यही समय (माघको दोस्रो हप्ता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उनले बताए ।
‘गत वर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन,’ उनले भने, ‘केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आशले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।’ उनले स्याङ्जाको शीत भण्डारमा ६१७ क्यारेट सुन्तला भण्डारण गरेका थिए । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै ७ लाख रुपैयाँ नोक्सान भएको उनी बताउँछन् ।
‘हालसम्म सुन्तला बिक्रीबाट ४२ लाख रुपैयाँ आम्दानी गरे, अझै ३ लाख जति आम्दानी हुन बाँकी नै छ,’ उनले भने, ‘शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै ५५ लाख आसपास पुग्थ्यो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने बताएका छन् । २ साताको विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...
चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...
लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनमा लगाइएको तेहरो कर खारेजीको माग गर्दै सामुदायिक वनका उपभोक्ताहरु विरोधमा उत्रिएका छन् । शनिवार सामुदायिक वन महासंघ, रुपन्देहीले बुटवलमा विरोध र्याली ...
चर्चित अमेरिकन रेष्टुरेन्ट ब्रान्ड 'केन्नी रोजर्स रोस्टर्स' (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको भीआईपी व्यापारिक क्षेत्रका रूपमा परिचित दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटल...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...
पानीको बहाव घटेपछि बागलुङ खण्डमा देखिएको कालीगण्डकी नदी । तस्वीर : डम्मर बुढामगर/रासस
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...