२५ जेठ २०८३, सोमबार

सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
प्रतिकात्मक तस्वीर

स्याङ्जाका किसान सुन्तला बिक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले ४५ लाख आम्दानी गरेका हुन् ।

सुन्तला टिप्न थालेको शुरूआती अवस्थामा प्रतिकिलोग्राम ५५ रुपैयाँबाट शुरू गरेर अहिले अन्तिममा प्रतिकिलोग्राम ८९ रुपैयाँमा बिक्री भइरहेको उनले बताए । ‘बगैंचामा रहेको सुन्तला आफैं टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ,’ उनले भने, ‘यसबाट हालसम्म करीब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।’

सुन्तला टिप्नेक्रम जारी रहेको र अझै ३ लाख जतिको सुन्तला बोटमै रहेको उनले बताए । गत वर्ष यही समय (माघको दोस्रो हप्ता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उनले बताए ।

‘गत वर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन,’ उनले भने, ‘केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आशले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।’ उनले स्याङ्जाको शीत भण्डारमा ६१७ क्यारेट सुन्तला भण्डारण गरेका थिए । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै ७ लाख रुपैयाँ नोक्सान भएको उनी बताउँछन् ।

‘हालसम्म सुन्तला बिक्रीबाट ४२ लाख रुपैयाँ आम्दानी गरे, अझै ३ लाख जति आम्दानी हुन बाँकी नै छ,’ उनले भने, ‘शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै ५५ लाख आसपास पुग्थ्यो ।’

salt training

कमेन्ट गर्नुहोस्