१० साउन २०८३, आइतबार

संशयको घेराबाट माथि उठ्न राष्ट्रपतिको निर्वाचन छिटो घोषणा गरौं– कांग्रेस उपसभापति खड्का

संशयको घेराबाट माथि उठ्न राष्ट्रपतिको निर्वाचन छिटो घोषणा गरौं– कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपतिको निर्वाचन घोषणा गर्न माग गरेका हुन् ।

‘दायाँबायाँ नसोची, नहेरी निर्वाचन आयोगले २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ । यसतर्फ बेलैमा ध्यान जाओस्,’ खड्काले लेखेका छन् ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएदेखि नै राष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेको छ । राष्ट्रपतिमा उम्मेदवारी दिने भन्दै कांग्रेसले माओवादीसहितका दललाई मनाएर नतिजा आफ्नो पक्षमा पार्ने नीति लिएको छ । यसको लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवाद गर्ने घोषणा उसले गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्