२३ जेठ २०८३, शनिबार

भारतका एक मन्त्रीलाई सुरक्षाकर्मीले नै हाने गोली

माघ १५, २०७९
भारतका एक मन्त्रीलाई सुरक्षाकर्मीले नै हाने गोली

भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् । 

गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ । 

एउटा कार्यक्रममा सहभागी हुन गएका मन्त्री दास गाडीबाट झरेलगत्तै पाँच राउन्ड गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्ति असई गोपाल दास भएको बताइएको छ । उनले किन गोली चलाएका हुन् भन्ने स्पष्ट भएको छैन । 

घटनापछि दासको पार्टी बीजु जनता दलका कार्यकर्ता धर्नामा बसेका छन् । 

मन्त्री दासलाई निकै नजिकबाट गोली प्रहार गरिएकाले यो सुनियोजित आक्रमण भएको बताइएको छ । यस घटनाले मन्त्रीको सुरक्षा उपायमा पनि गम्भीर प्रश्न उठाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्