×

Nic Asia
Dabur
Prabhu Bank

स्पट फिक्सिङको गम्भीर अपराधलाई बाटो खोलिएको भन्दै क्यान कार्यसम्पादन समितिको राजीनामा माग

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरूले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

yONNEX
IME BANK INNEWS

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मलेन कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठक र पदक खड्कालाई राजीनामा दिन माग गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

केन्द्रीय सदस्य छुम्बी लामाले गैरकानुनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको दाबी गरे।

गलत तरिकाले गरिएको सम्झौताका कारण उदीययमान खेलाडी सीआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको लामाले बताए।


Advertisment
Lokantar App
Saurya island

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा आयोजना भएको टी–२० लिग प्रतियोगितामा क्यानसँग सम्झौता गरेको रणनीतिक र व्यावसायिक साझेदार कम्पनी सेभेन थ्री स्पोट्र्सकै प्रमुख स्पट फिक्सिङमा संलग्न हुनु दुखद् रहेको भन्दै कार्यसम्पादन समिति दोषी रहेको आरोप लगाएका छन् ।

उनीहरूले लिगको साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्रिकेटको क्यान नेतृत्व भएको र महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै यसको जिम्मेवार हुनुपर्ने पत्रकार सम्मेलनमा उपस्थित एक सदस्य ऋषिराम गौतमले बताए।

Vianet communication

उनीहरूले स्पट फिक्सिङ हुँदा संस्था विरलै प्रत्यक्ष रुपमा संलग्न हुने गरेको तर साझेदार कम्पनी नै फिक्सिङमा संलग्न भएको भन्दै क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने गौतमले बताए।

नेपाल क्रिकेट संघभित्र अवाञ्छित विधानविपरीत काम गर्ने र नेपाल क्रिकेट संघलाई डुबाउने नेतृत्वलाई बर्खास्ती र कारबाही माग गरेका हुन् ।

सम्झौतामाथि टिप्पणी गर्दै आफूहरूले दुर्घटना हुने भन्दै सचेत गराउँदा पनि कार्यसम्पादन समितिले नेपाल टी–२० लिगको आयोजनाका लागि रणनैतिक र व्यावसायिक साझेदारका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेर गल्ती गरेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सञ्जयराज सिंहले बताए।

उनले नेतृत्वलाई बारम्बार सचेत गराउँदा समेत नेतुत्वले अ‍ेटरी गरेको आरोप लगाए।

आगामी दिनमा यस्तो नजिर नबस्न कारबाही हुनुपर्ने सिंहले माग गरे।

पुस ९ गतेबाट २७ गतेसम्म आयोजना भएको प्रतियोगितामा खेलाडीले पारिश्रमिक नपाएको र फिक्सिङका लागि अप्रोच आएको सहभागी खेलाडीले नै बताएका थिए ।

खेलाडीको सो अभिव्यक्तिपछि लिगमा विवाद बाहिरिएको थियो । सो घटनाक्रमपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निस्कर्ष निकालेको थियो ।

प्रारम्भिक अनुसन्धानपछि सीआईबीले पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

साथै एकेन्द्र कुँवरको संयोजकत्वमा गठित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छानबिन समितिले क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया पूरा नगरिएकाले तत्काल खारेज गर्न सुझाव दिएको थियो ।

क्यान र सेभेन थ्री स्टारबीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।  नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीक...

चैत ६, २०७९

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त ...

चैत ६, २०७९

विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्र...

चैत ५, २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १ लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै  ख...

चैत ५, २०७९

भारत भ्रमणमा रहेको अष्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाले भारतलाई शर्मनाक १० विकेटको हार चखाएको हो ।  टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजे...

चैत ४, २०७९

शहीद स्मारक 'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ । शहीद स्मारक 'ए' डि...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x