
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनिमा अपवित्र काम किन ? भन्ने प्रश्न गरेका छन्।
आज मन्त्रलयमा लुम्बिनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाइ राख्दै मन्त्री किरातीले यस्तो प्रश्न गरेका हुन्।
विश्वले फोटोकपी गर्न नसक्ने लुम्बिनीलाई बदनाम गरिएको भन्दै विकस कोषका पधाधिकारीसँग मन्त्री किरातीले प्रश्न गरेका हुन्।
राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएको मान्छेहरूले आफ्नो भूमिकालाई बिर्सेर घिनलाग्दो काममा लिप्त न हुन निर्देशन दिए।
'लुम्बिनीमा फोहोरको चर्चा विदशमा चल्छ'
पवित्र र धार्मीक पर्यटकीय क्षेत्र आज गाईको गोबर र फोहोरले लुम्बिनी भरिएको गुनासो रहेको पनि मन्त्रीले बताए।
'देश विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वाभरिको बौद्धधर्मलम्वीहरूको मुटुको ढुकढुकी हो । मुश्लिमहरूले मक्कामदिनलाई के बनाइसके ? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरण बनाइएको छ, तर तपाँईहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहोरै फोहोर र धुलैधुलो राख्ने ?' मन्त्री किरातीले सोधे।
उनले थपे, 'आज विदेशमा लुम्बिनीको फोहोरको चर्चा चल्ने गरेको छ । मैले लुम्बिनीको फोहोरको चर्चा चाइनामा सुने । आज संयोगवश यही मन्त्रलयको मन्त्री बन्न आइपुगेको छु अब लुम्बिनी परिसर यथाशीघ्र सफा हुनुपर्छ ।'
'विकासको नाममा मागी खाने भाँडो किन बनाइदै छ'
विकास कोषलाई मागी खाने भाँडो मात्रै बनाइएको उनले आपत्ति जनाए। 'अब त्यसरी हुनेवाला छैन, पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम भइरहेको छ ? एउटा संरचना बनाएर त्यसको सदुउपयोग नगरी फेरि अर्को संरचना बनाइन्छ । योजनाहरू एकपछि अर्को डुब्लिकेशन भैरहेको छ । यति धेरै अनियमिता कसरी भैरहेको छ ? लुम्बिनीमा यति धेरै अनियमितता किन ? बेरुजुको फाइल के हो ? म मन्त्री हो तर मैले लेखेर फाइल बोकेर जाने अवस्था न आओस्,' उनले कडा रूपमा चेतावनी दिए।
'अब कामको रुटिन र रिपोट चाहियो'
'यति धेरै बजेट भएर पनि काम किन हुँदैन भनेर समेत मन्त्रीले व्यवस्थापनलाई प्रश्न गरेका थिए।
'संविधान छ, त्यसअनुसार कानुन छ, कानुन छ कानुनअनुसार कर्मचारी छ तर काम छैन किन ? उनले सोधे, 'काम गर्न केले छेकेको छ ? नीतिगत कुराले छेकेको हो भने भन्नुस् तर अब हामीसँग कुनै बहनाले चल्नेवाला छैन,' उनले भने।
उनले हिजो जेजे गरे पनि अब परिणाम मागे।