२८ असार २०८३, आइतबार

मेयर बालेनविरुद्ध माइतीघरमा प्रदर्शन

मेयर बालेनविरुद्ध  माइतीघरमा प्रदर्शन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ। 

मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौँको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। 

प्रदर्शनका क्रममा उनीहरूले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनीसमेत दिएका छन ।

मेयर साहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिन खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनुपरेको नागरिक अगुवा सुमन सायमीले बताए

गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन गरेर मेयर साहले ज्यादति गरेको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचनासमेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्