
गुल्मीमा आफ्नै घरभित्र एक महिलाको मृत अवस्थामा फेला परेकी छन् ।
मुसिकोट नगरपालिका–७ वामीकी ५७ वर्षीया गंगादेवी शेरचनको शव उनकै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार आइतबार बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो । उनी सोही घरमा एक्लै बस्दै आएकी थिइन् ।
हातखुट्टा टेपले बाँधेर पल्टाएको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
‘घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भीक अनुमान गरेका छौँ’, उनले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ शेरचनले विगत लामो समयदेखि आफ्नै घरमा होटल सञ्चालन गर्दै आएकी थिइन् ।