१९ असार २०८३, शुक्रबार

उत्तर पश्चिम इरानमा भूकम्पमा परी तीन जनाको मृत्यु, ८१६ घाइते

माघ १५, २०७९
उत्तर पश्चिम इरानमा भूकम्पमा परी तीन जनाको मृत्यु, ८१६ घाइते

उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ८१६ जना घाइते भएका छन् । बिहान ९:४४ मा भूकम्प गएको हो । खोय काउन्टीमा यसको केन्द्रविन्दु रहेको र ७ किलोमिटर गहिराइसम्म यसको असर रहेको बताइएको छ ।

मुख्य भूकम्पपछि थुप्रै परकम्प गएका थिए जसमा सबैभन्दा ठूलो ४.२ म्याग्निच्युडको  रहेको इरानी भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्पका कारण खोय काउन्टीमा पनि अस्थायीरूपमा विद्युत अवरुद्ध भएको थियो ।

भूकम्प प्रभावित क्षेत्रबाट प्राप्त विवरणअनुसार ग्रामीण क्षेत्रमा भने यसको ठूलो क्षति भएको अनुमान गरिएको छ ।
दुई हप्तामा यो प्रदेशमा गएको यो दोस्रो ठूलो भूकम्प हो । गत जनवरी १९ मा खोय काउन्टीमा गएको ५.४ म्याग्निच्युडको भूकम्पमा परी १९० भन्दा बढी व्यक्ति घाइते भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्