२३ जेठ २०८३, शनिबार

श्रीलङ्कामा लागुऔषधका दुई सयभन्दा बढी संदिग्ध पक्राउ

माघ १५, २०७९
श्रीलङ्कामा लागुऔषधका दुई सयभन्दा बढी संदिग्ध पक्राउ

श्रीलङ्का प्रहरीले देशका केही भागहरूमा सञ्चालन गरेको विशेष अपरेसनमा लागुऔषधका दुई सयभन्दा बढी संदिग्धलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले श्रीलङ्काको पश्चिमी र दक्षिणी क्षेत्रमा प्रहरी, विशेष कमाण्डो र वायुसेनाले विशेष अपरेशन गरेको बताएका छन् ।

उनका अनुसार कारवाहीका क्रममा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न २ सय ८५ जनालाई पक्राउ गरेको छ । विशेष कारबाहीका क्रममा बरामद अवैध लागुऔषधमध्ये हेरोइन र गाँजा रहेको थल्दुवाले  जानकारी दिएका छन् ।

यसैबीच श्रीलङ्काको नौसेनाले उत्तरी जाफना प्रायद्वीपमा नौसेना र प्रहरीले गरेको अपरेसनमा ठूलो मात्रामा भाँङ बरामद भएको बताएको छ । जलसेनाले आइतबार विज्ञप्ति जारी गर्दै समुद्री मार्ग प्रयोग गरी श्रीलङ्कामा लागुऔषधको तस्करी रोक्न  विभिन्न उयाय  तय गर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्