०६ असार २०८३, शनिबार

अवस्था ठीक नभएका सवारी साधनका २५ चालक कारवाहीमा

अवस्था ठीक नभएका सवारी साधनका २५ चालक कारवाहीमा

भक्तपुरको जगातीमा आइतबार गरिएको चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २५ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । 

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा आइतबार चेकजाँच गरेको थियो ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने प्रहरीले जनाएको छ । नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेकगरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्