
सुखिपुर नगरपालिका –८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सी चोरी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका –३ बस्ने २३ वर्षीय मंगल सहनी र औरही गाउँपालिका –२ बस्ने २३ वर्षीय रफि राईन रहेका छन् ।
पसलको पछाडीबाट सुरुङ खनी पसलभित्र रहेको बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरी लैजानेक्रममा उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले स. ११ प ५३१८ नम्बरको मोटरसाइकल र करिब १० हजार रुपैयाँ बराबरको सरसामानसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सिरिाहा प्रहरीले जनाएको छ ।