चैत ६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
काठमाडाैं | माघ १६, २०७९
पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार अहिले देशभरको आकाशमा बादल लागेको छ । सोमवार दिनभरजसो नै बदली रहनेछ ।
दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य असर परेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा पनि सोही प्रकारको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाशाखाले आगामी २४ घण्टासम्मका लागि सचेत हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका १–२ स्थानमा हल्का वर्षा हुने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार वैशाखसम्म मात्र रहने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको बताएका छन् । कांग्रेससँग राष्ट्रपतिबारे सहमति हुनुअघिको अन्तिम भेटमा ओलीले पटक-पटक यो सरकार वैशाख...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा दोस्रोपटक विश्व...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्...
निर्वाचन आयोगले प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका रिक्त सांसद पदमा मञ्जु शर्मालाई निर्वाचित गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएका हुन् । ज...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालकोट नगएको दाबी गरेका छन् । बरु एमालेले नै आफूलाई बोलाएको जिकिर उनले गरे । सोमवार प्र...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...