
ललितपुरको सातदोबाटो नजिक आइतवार राति कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी दुवै सवारीसाधनमा सवार ६ यात्रु घाइते भएका ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा२ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा४च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बीएण्डबी अस्तापलमा उपचार भइरहेको छ ।