२४ जेठ २०८३, आइतबार

बेलायतमा क्षेप्यास्त्र प्रहार गर्ने पुटिनले बताएको पूर्व प्रधानमन्त्रीको दाबी

माघ १६, २०७९
बेलायतमा क्षेप्यास्त्र प्रहार गर्ने पुटिनले बताएको पूर्व प्रधानमन्त्रीको दाबी

बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा एउटा खुलासा गरेका छन् । 

युक्रेनमाथि आक्रमण गर्नुअघि पुटिनले बेलायतमा एक मिनेटभित्र आइपुग्ने क्षेप्यास्त्र प्रहार गर्न सक्ने दाबी गरेको जोनसनको भनाइ छ । 

युक्रेन द्वन्द्वका विषयमा बीबीसी टुले बनाएको तीन भागको वृत्तचित्रमा जोनसनको टिप्पणी समेटिएको हो । 

पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिएमा रुसको सीमानजिक नेटोलाई समर्थन गर्ने विषयमा आफूहरूले कुराकानी गरेको जोनसनको दाबी छ । आफूले पुटिनलाई आक्रमणबाट विमुख गराउन खोजेको उनी बताउँछन् । 

पुटिन भर्सेस द वेस्ट शीर्षकको डकुमेन्ट्रीमा जोनसनले पुटिनको भनाइलाई धम्कीका रूपमा नलिएको बताए । 

युद्ध शुरू भएपछि जोनसन युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीका सबभन्दा ठूला समर्थक बनेका छन् र अनेकौंपटक किएभको भ्रमण गरिसकेका छन् । 

यो डकुमेन्ट्री बीबीसी टुमा सोमवार राति प्रसारण गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्