
परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच सोमवार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा २ देशबीचको बलियो दौत्य सम्बन्ध, २ पक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
२ पक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।