२० असार २०८३, शनिबार

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

नेप्से परिसूचकमा उच्च अंकको गिरावट
प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार उच्च अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ०१ अंकले ओरालो लागेर २ हजार १२७ दशमलव ५२ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ३३ अंकले ओरालो लागेर ४०२ दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ९ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । 

२०४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ६५ लाख ४० हजार बराबरको शेयर कारोबार भयो । रिडी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार ८०७, पिपुल्स पावर कम्पनी ९ करोड ५६ लाख २९ हजार ६९७, माथिल्लो तामाकोसी ९ करोड ३५ लाख ९२ हजार ८८८ र अपि पावर कम्पनी ७ करोड ७७ लाख ९३ हजार ९७२ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर ६ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स ५ दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०३ प्रतिशतले कमाएका छन् ।
 
युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर ७ दशमलव १४, श्वेतगङ्गा हाइड्रोपावर ६ दशमलव ७१, सगरमाथा इन्स्योरेन्स ६ दशमलव ४४, सयपत्री हाइड्रोपावर ५ दशमलव ८० र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ७४ प्रतिशतले घटेको छ । सोमवारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार ३३६ कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्