
काठमाडौं, ५ भदौ–एकता महाधिवेशको नौं महिना नहुदै राप्रपाबाट अलग भई गठन भएको राप्रपा (प्रजातन्त्रिक) निर्वाचन आयोगमा दल दर्ताको निवेदन अस्विकृत हुने सम्भावना बढेको छ ।
पशुपति शमशेर राणा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन अस्वीकृत हुने सम्भावना बढेको हो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा (२) बमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नामको दल दर्ता गरीपाउँ भन्दै राणाले आयोग समक्ष निवेदन दिएका थिए ।
आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य र व्यवस्थापिका संसदमा प्रतिनिधत्व गर्ने सांसदमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नामको राजनीतिक दल दर्ता गर्न समर्थन गर्ने ४० प्रतिसत केन्द्र्रीय सदस्य र सांसदहरुलाई सक्कल नागरिकता सहिति भदौ ४ गते आइबार अपराह्न ५ बजेभित्र सनाखतका लागि उपस्थित हुन समय तोकेको थियो । तर अयोगले तोकेको समयमा कोही पष्नि उपस्थित नभएको अयोगले सूचना प्रकाशित गरेको छ । यससँगै नयाँ दल राप्रपा प्रजातान्त्रिक दर्ता नहुने सम्भावना बढेको छ ।
आफ्ना पक्षका सांसदलाई कमल थापा नेतृत्वको राप्रपाले बन्धक बनाएको र राप्रपा प्रजातान्त्रिकले साउन २२ मा निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षरसहित सनाखत गरिसकेको भन्दै त्यसलाई सनाखत गर्न आग्रह गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
आइतवारको सुनुवाइमा राणाले हालेको रिट हेर्दा हेर्दैमा परेपछि राणा समूहले अदातलबाट आफ्नो पक्षमा फैसला आउने अपेक्षा राखेको छ । राणा समूहले बहुमत भन्दा बढी सांसदले छुट्टै दल खोल्न निवेदन दिएकोले दलको मान्यता पाउनु पर्ने दावी गरेको छ ।
व्यबस्थापिका संसदमा आज संविधान संशोधन निर्णयार्थ पेश गर्ने कार्यतालिका छ । हिजो हेटौंडामा सम्पन्न राप्रपाको केन्द्रीय समितिको बैठकले संविधान संशोधनको विपक्षमा मत हाल्ने निर्णय गरेको अवस्थामा राप्रपा प्रजातान्त्रिक दल दर्ता नभएपछि समस्या पर्ने देखिएको छ ।
राणा समूहले ने संविधान संशोधनको पक्षमा मत हाल्ने बताएको छ । तर राप्रपाले सवै सांसदलाई संविधान संशोधनको विपक्षमा मत हाल्न ह्विप जारी गर्ने तयारी गरेपछि राणा समूहका सांसद अन्यौलमा परेका छन् ।
कमल थापा पक्षमा १५ सांसद रहेका छन् भने राणा पक्षसँग १९ सांसद हरेको पशुपति पक्षको दाबी छ । कमल थापाले ह्वीप जारी गरेको अवस्थामा पार्टी निर्णय बमोजिम संविधान संशोधनको पक्षमा मतदान नर्गे सांसदलाई कारवाहीको तयारी गरेका छन् ।