×

Nic Asia
Dabur
Prabhu Bank

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापना हुँदै

जुम्ला | माघ १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जुम्लाको सिञ्जा गाउँपालिका–६ स्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेपछि सो विद्यालय बन्ने निश्चित भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

yONNEX
IME BANK INNEWS

प्राविधिक शिक्षालय स्थापना गर्नका लागि भाडगाउँका स्थानीयवासीले झण्डै एक लाख वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराउने भएका छन् । अध्यक्ष धितालले भने, “सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुनेछ । पाँच÷छ महिनादेखि पहल थालेका थियौँ ।” 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सो विद्यालयलाई जग्गा व्यवस्थापन र तत्कालका लागि चाहिने भौतिक पूर्वाधार तथा आर्थिक स्रोत पालिकाले गर्ने गरी परिषद्को आङ्गिक शिक्षालयका रूपमा सिञ्जा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

गाउँपालिकामा परिषदको आङ्गिक बहुप्राविधिक शिक्षालय खोल्नका लागि केन्द्रमा धैरे अथक मेहनत र प्रयासपछि सिटीइभिटीमार्फत सो विद्यालय स्थापनाका लागि काम अगाडि बढेको प्रमुख प्रशाासकीय अधिकृत मित्रलाल धितालले बताए । प्रविधिक शिक्षा आर्जन गर्नका लागि सिञ्जा अब प्राविधिक शिक्षाको गन्तव्य बन्ने सिञ्जा गाउँपालिकाले जनाएको छ । प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालयका रूपमा सिञ्जा बहुप्राविधिक विद्यालय स्थापन हुने भएपछि यहाँका विद्यार्थीदेखि स्थानीयवासीमा खुसी छाएको छ । रासस


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्।  बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री ड...

चैत ९, २०७९

शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो।  जसअनुसा...

चैत ९, २०७९

बाराको निजगढ नगरपालिका-१३ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  निजगढ साँघुस्थित सडकमा ना२३प ६२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना भएको हो। दुर्घट...

चैत ९, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो ।  ...

चैत ९, २०७९

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय शहर पोखराको लेकसाइडमा होटलको ११औं शाखा सञ्चालनमा ल्याएको छ ।  यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मी लगायत ठाउँबाट ह...

चैत ९, २०७९

काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो ।  दिनहँु र...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x