२७ जेठ २०८३, बुधबार

काठमाडौँमा भएको सवारी दुर्घटनामा थप एकको मृत्यु

काठमाडौँमा भएको सवारी दुर्घटनामा थप एकको मृत्यु

काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । 

आज बिहान बा२ख ८३६८ नंको बस र ना१ज २४२१ नंको सुमो गाडी एकापसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायाल्म घलेको मृत्यु भएको थियो । 

पछि उपचारका क्रममा बसका सहचालकको मृत्यु भएको प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिए । साथै दुर्घटनामा बसमा सवार तीनजना घाइते भएका छन् । सुमोका चालकलाई नियन्त्रणमा लिइएको र हाल फरार बस चालकको खोजी जारी रहेको घिमिरेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्