
काठमाडौं, ५ भदौ– राप्रपाले संसद्मा आज निर्णयार्थ पेश हुने संविधान संशोधनको विपक्षमा मतदान गर्न आफ्ना सांसद्हरुलाई ह्विप जारी गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकले राजनीतिक दल सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम मिति २०७४ भदौ ५ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
राप्रपाले ह्विप जारी गरेसँगै राणा नेतृत्वको नयाँ पार्टीको पक्षमा रहेको सांसदहरु संकटमा परेका छन् ।
राणा पक्षले संविधान संशोधनको पक्षमा मतदान गर्ने तयारी गरेका थिए ।
तर निर्वाचन आयोगले दल दर्ताको लागि सनाखतमा कोही उपस्थित नभएको भन्दै राप्रपा प्रजातान्त्रिक दर्ता गरेको छैन । त्यस्तै सवौच्चमा राप्रपा प्रजातान्त्रिकको तर्फबार अध्यक्ष पशुपति शमशेर राणले दायर गरेको रिट हेर्दा हेर्दैमा परेको छ ।
यससँगै राप्रपा प्रजातान्त्रिक पक्षमा लागेका सांसद संकटमा परेका हुन् ।
राप्रपाले ह्विप जारी गरेको छ, यदी ह्वि अनुसार मतदान नगरेको खण्डमा कारवाही गर्ने थापाले यसअघि नै चेतावनी दिइसकेका छन् ।
कमल थापा पक्षमा १९ र अाफ्नो पक्षमा १९ सांसद रहेको राणा पक्षले दाबी गर्दै अाएको छ ।