
किर्तिमानी रकममा बार्सिलोनाबाट पीएसजी गएका नेइमारको उत्कृष्ठ प्रदर्शनमा तुलुजमाथि सानदार जीत हात पारेको छ ।
आइतबार रातिएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ गोलको जीत हात पारेको छ । होम ग्राउण्डमा नेयमारले खेलको पहिलो खेलमा दुई गोल गरे ।
खेलको १८ औं मिनेटमा तुलुजले अग्रता लिएको थियो । तर खेलको ३१ औं मिनेटमा पिएसजीका लागि नेयमारले गोल गर्दै वराबरी गरेका थिए । नेयमारले दोस्रो हाफको अतिरिक्त सयममा थप एक गोल गरेका थिए ।
त्यस्तै पिएसजीका लागि एड्रियन रोबिओटे, काभानी, पास्तोले र कुर्जावाले एक एक गोल गरेका थिए ।
खेलिएका तीनै खेल जितेको पिएसजी शीर्ष स्थानमा छ ।