०२ साउन २०८३, शनिबार

मेस्सीले भने- विश्वकपछि एक मिलियनभन्दा बढी म्यासेज आएकाले मेरो इन्स्टाग्राम बन्द भयो

मेस्सीले भने- विश्वकपछि एक मिलियनभन्दा बढी म्यासेज आएकाले मेरो इन्स्टाग्राम बन्द भयो

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपपछि आफ्नो इन्टाग्राम ब्लक गरेको खुलासा गरेका छन्।

एक मिलियन म्यासेज उनले आफ्नो इन्स्टाग्राम ह्याण्डल ब्लक गर्नुपर्ने बताएका हुन्।

मेस्सीले सन् १९८६ पछि आफ्नो देशलाई पहिलो पटक विश्वकप जिताएका मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

उनले विश्वकप जितेपछि सामाजिक सञ्जालमा केही खुलासाहरू गर्न थालेका छन्। जसमध्ये यो विषय सार्वजनिक गरेका हुन्।

‘विश्वकप जितेपछि आएका सन्देशका कारण मेरो इन्स्टाग्राम केही दिनका लागि ब्लक गरिएको थियो,’ पीएसजीका स्टार खेलाडीले इएसपीएनलाई उद्धृत गर्दै भने।

उनले आफ्नो इन्स्टाग्राम आफैं चलाउने र पोष्टहरू व्यवस्थापन गर्न कुनै पनि कम्पनी वा अन्य व्यक्ति प्रयोग नगरेको पनि बताएका छन्।

विश्वकप जितेपछि मेस्सीले पहिलोपटक अन्तर्वार्ता दिएका थिए। जसमा उनले राष्ट्रिय टोलीसँगको अघिल्लो असफलताहरूमा निकै पीडा भोग्नुपरेको बताएका थिए।

salt training

कमेन्ट गर्नुहोस्