×

NMB BANK
NIC ASIA

सरकार छाड्ने रविको 'धम्की'पछि पार्टीभित्र छलफल गर्दै प्रचण्ड

माघ १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रवि लामिछानेले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको पदाधिकारी बैठकमा यस विषयमा छलफल गरिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

रवि लामिछानेले पेश गरेको नागरिकतालाई अमान्य घोषणा गर्दै उनको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पद खारेजसँगै उनको गृहमन्त्री पद पनि खारेजीमा गएको थियो ।


Advertisment
Nabil box
Kumari

तर आइतबार लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका थिए । यसपछि उनले गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन प्रचण्डसमक्ष दबाब बढाएका छन् ।

Vianet communication
Laxmi Bank

यसैले उनको दबाबलाई स्वीकार गर्ने कि अस्वीकार गरेर जाने भन्ने विषयमा प्रचण्डले पदाधिकारी बैठकमा पनि संवाद गर्न खोजेका हुन् ।

यसका लागि स्थायी कमिटी बैठक रोकेर माओवादी मुख्यालयमा पदाधिकारीको बैठक बसेको हो ।

सरकारबाट बाहिरिने लामिछानेले चेतावनी दिएपछि के गर्ने भन्नेबारे प्रचण्डले छलफल गरिरहेको बुझिएको छ ।

उनले दबाब दिए पनि प्रचण्डले मंगलबार बिहान बालुवाटारमा गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

लामिछानेसँगको भेटमा प्रचण्डले नागरिकतापछि सांसद पद खारेज भएको र पासपोर्टको विषय पनि रहेकोले प्रक्रियाबाट मात्रै मन्त्री बनाउन सकिने बताएको बालुवाटार स्रोतले जानकारी दियो । 

२६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्डसामु विकल्प बढेका छन् । यसैले रविले दबाब दिए पनि उनलाई गृहको जिम्मेवारी दिने मनस्थितिमा प्रचण्ड छैनन् ।

माओवादीको पदाधिकारी बैठकमा सदस्यहरूले सोमबार रविलाई कुनै हालतमा गृह मन्त्रालय नदिई आफैंसँग राख्नुपर्ने बताएका थिए ।

१० पुसमा प्रधानमन्त्री बन्नेबाहेक महत्वपूर्ण मन्त्रालय आफूसँग नराखेको भन्दै प्रचण्डसामू यसपटक गृह नछोड्न अत्यधिक दबाब छ । 

रवि पदमुक्त भएपछि गृह मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री प्रचण्ड नै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x