१५ असार २०८३, सोमबार

बलात्कारको अर्काे मुद्दामा आसारामलाई आजीवन कारावास हुने फैसला

माघ १७, २०७९
बलात्कारको अर्काे मुद्दामा आसारामलाई आजीवन कारावास हुने फैसला

भारतमा चर्चित बलात्कार आरोपमा आसारामलाई आजीवन कारावासको सजाय भएको छ ।

गुजरातको सेक्सन कोर्टले मुद्दाको सुनुवाइ गर्दै फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि नै अर्काे बलात्कार मुद्दामा आसारामलाई जन्मकैदको सजाय भइसकेको छ । उनी पुनः दोस्रोपटक दोषी ठहर भएका छन् ।

गुजरातको गान्धीनगर सेक्सन कोर्टले आसारामलाई दोषी ठहर गरेको छ । दुई बहिनीले आसाराम र उनका छोराविरुद्ध बलात्कारको आरोप लगाएका थिए ।

आसाराम पक्षका वकिलले भने उच्च अदालत जाने बताएका छन् । यसअघिको बलात्कार मुद्दामा पनि उनलाई उच्च अदालतले राहत दिएको थिएन । सर्वाेच्च अदालतले गत वर्ष उनको रिटलाई रद्द गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्