२४ जेठ २०८३, आइतबार

‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत
फाइल तस्बिर

स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ) अर्पण शर्मासहित तीन फरक विधाका प्रतिभालाई लाल भागिरथा बानियाँ प्रतिष्ठान झापाले पुरस्कृत गरेको छ ।

सामाजिक क्षेत्रमा प्रेरक व्यक्तित्वलाई विगत चार वर्षदेखि प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गर्दैै आएको छ । आज सम्मानित हुनेमा मेमोरी किङ अर्पण शर्मा, असल गृहिणीका रुपमा दुर्गादेवी काफ्ले र उत्कृष्ट कृषक मञ्जुल मेचे छन् ।

प्रतिष्ठानले रु १० लाखको अक्षयकोष नै स्थापना गरेर प्रत्येक वर्ष अग्र्यानिक तथा व्यावसायिक तरकारी खेती गर्दै आएका जिल्लाकै उत्कृष्ट किसान, ज्येष्ठ नागरिकको हेरचाह गर्ने असल गृहिणी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल व्यक्तिलाई पुरस्कृत गर्दै आएको संस्थाका अध्यक्ष हरिचरण बानियाँले बताए ।

पुरस्कृत तीन जनालाई मेची नगरनगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगद रु ३१ हजारसहित सम्मान गरे । कार्यक्रममा बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख विष्णु प्रसाई, सम्मानित शर्मा, प्रतिष्ठानका सदस्य मोहन काजी, समाजसेवी शिव पौडेल, डिल्ली खतिवडा, हरिनारायण भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्