
दार्चुला नौँगाड गाउँपालिका –२ घर भई कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीसहित ४ जनालाई अवैध लागूऔषध चरेश ११ केजी ९ सय ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उद्योग तलासी गर्दा उक्त परिमाणको लागूऔषध र डिजिटल काँटा १ थान फेलापारी उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ । त्यसबारे थप अध्ययन जारी रहेका प्रहरीको भनाइ छ ।