×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

गृहको लफडाले रास्वपा असन्तुष्ट, सरकारबाट बाहिरिएला ?

माघ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सभापति रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ । गैरसांसदको रुपमा आफूलाई गृहमन्त्री बनाइनुपर्ने भन्दै रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दवाव दिँदै आएका छन् । 

Muktinath Bank

ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिएपनि प्रचण्डले मानिरहेका छैनन् । प्रचण्डले लामिछानेको पासपोर्टसम्बन्धी विवाद कायमै रहेकाले सो विषयको समाधान नभएसम्म मन्त्री बनाउन नसकिने जवाफ फर्काएको बताइएको छ । नागरिकता पाएको भोलिपल्टै फेरि गृहमन्त्री बन्ने ध्याउन्नका साथ अघि बढेका लामिछानेलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि साझेदार दलबीचनै खटपटको अवस्था देखिएको छ । ओलीले समेत रविलाई सरकारमा फिर्ता ल्याउन प्रचण्डलाई भेटेरै आग्रह गरिसकेपनि सकारात्मक महोल बन्न नसकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको निर्णय नै गृह मन्त्रालयमा निःशर्त फिर्ता भन्ने रहेपनि सत्ता साझेदार दलबाट उल्झन आएपछि रास्वपा चिढिन पुगेको छ । कतिपयले रास्वपाले सरकारबाट बाहिरिने तयारी गरेको आकलनसमेत गर्न थालेका छन् । हाल आन्तरिक छलफलमा रहेको रास्वपा अझै कुर्ने मनस्थितिमा देखिएको छ । सो पार्टीका एक नेताले आफूहरु आन्तरिक छलफलमा रहेको भन्दै गृहमन्त्रलय पाउने अवस्था नभए सरकारमा रहिरहनुको औचित्य नहुने बताए । यद्यपि पार्टी अहिले ‘पर्ख र हेर’ को नीतिमा रहेको उनको भनाइ छ । 
००००
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहियोस् भन्नेमा आफू भएको बताएका छन् ।  पदाधिकारी बैठकपछि निस्कने क्रमममा सञ्चारकर्मीसँग प्रचण्डले आफूहरू सल्लाहमै भएको र गृह मन्त्रालय नपाए पनि सरकारबाट रास्वपा नबाहिरयोस् भन्नेमा आफूहरू रहेको बताए। 


Advertisment
Nabil box
Kumari

‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म रास्वपा सरकारमा इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ,’ प्रचण्डले बैठकपछि भने, ‘गृह मन्त्रालय रास्वपालाई दिनुअघि अदालतको पूर्णपाठ कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’ त्यसअघि प्रचण्ड र लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको थियो भने प्रचण्डले सकारात्मक जवाफ नदिएपछि सो पार्टीले सरकारबाट बाहिरिने धम्कीसमेत दिएको बताइएको छ । उसो त माओवादीको पदाधिकारी बैठकमा समेत रविलाई गृहमन्त्री नबनाउँदा सही हुने धारणा नेताहरुले राखेका थिए ।
००००
एमालेका अध्यक्ष ओली र रवि लामिछानेबीच मंगलबार पनि भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । 
सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ ।
००००
रवि लामिछानेले त्यागिसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्ने जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। 
राहदानी ऐनअनुसार कारबाहीको माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट पूर्णपाठ नआइसकेकाले प्रहरीले जाहेरी लिन नमानेको बुझिएको छ।  
००००
अर्थ मन्त्रालयले अनावश्यक खर्च नियन्त्रण गर्न निर्णय गरेसँगै राज्यको करिब २५ अर्ब जोगिने भएको छ । सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो । बजेट खर्च प्रणालीलाई पुनः प्राथमिकीकरण गरी राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने आयोजनामा खर्च बढाउने निर्णय मन्त्रालयले गरेको छ ।
००००
निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच यही प्रयोजनका लागि भेटघाट भएको हो ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने भएको छ । क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको एक पदाधिकारीले जानकारी दिए ।
यसैबीच महान्यायाधिवक्ता कार्यालय लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर गरी पाऊँ भन्दै महान्यायिवक्ताको कार्यालयले निवेदन दिएको हो।
००००
प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् ।
मंगलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
००००
श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाउने भएको छ। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा यस्तो बताएका हुन्।

Vianet communication
Laxmi Bank

सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिका लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गरे।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अंकले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यफ माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा सो पार्टीले २० वटा बुँदा समेटेर ध्यानाकर्षण गराएको हो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x