
आँधीखोला गाउँपालिका–१ सिरुवारीस्थित वडा कार्यालय सहकारी संस्था, गुम्वा तथा विभिन्न व्यक्तिको घर तथा पसलहरुबाट करिब ३ लाख ३६ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न भएकाहरुको पहिचान नभए पनि प्रहरीले चोर पत्ता लगाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । चोरीको घटनाबारे स्थानीयसँग सोधपुछ गरी चोरको पहिचानमा पुग्ने प्रहरीको बुझाइ छ ।