०६ असार २०८३, शनिबार

अमेरिकाविरुद्ध उत्तर कोरियामा चरम आक्रोश, युद्ध गर्न तयार

कात्तिक २०, २०७४
अमेरिकाविरुद्ध उत्तर कोरियामा चरम आक्रोश, युद्ध गर्न तयार

काठमाडौं, ६  भदौ — उत्तर कोरियालीहरूलाई त्यहाँका नेताहरूले जहिले पनि अमेरिका उत्तरलाई ध्वस्त पार्न उद्यत छ भन्ने गर्छन् । तर उत्तरका जनतालाई शत्रुको नेता कस्ता देखिन्छन् भन्ने थाहै छैन ।


उत्तर कोरियाको कठोर नियन्त्रणमा रहेको सञ्चारमाध्यममा डोनल्ड ट्रम्पको एउटा पनि चित्र प्रकाशित भएको छैन ।

अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको आक्रामकतालाई जवाफ दिनका लागि आगो बर्साउने चेतावनी दिएको विषयलाई उत्तरका सञ्चारमाध्यमले लेखे तर यो चेतावनी दिने मानिसको बारेमा विस्तारमा लेखेनन् ।

ट्रम्पलाई विश्वका अन्य देशमा मजाक उडाइने गरेको भएपनि उत्तर कोरियामा उनको नाम मात्र सुनिन्छ ।

प्योङयाङमा रहेको एक स्रोतअनुसार उत्तर कोरियालीहरू हिलारी क्लिन्टनलाई चिन्छन् तर ट्रम्प कस्तो देखिन्छन् उनीहरूलाई थाहै छैन ।

उत्तर कोरियालीहरूले युद्धको उद्घोष यसअघि पनि धेरैचोटि सुनिसकेका छन् ।

त्यहाँको सरकारले जतिखेर पनि अमेरिकाको आलोचना गर्छ र हालैका महिनामा आलोचना तीव्र भएको छ ।

ट्रकहरूमा लाउडस्पीकर लगाएर अमेरिकाको आलोचना गर्दै प्योङयाङका गल्लीहरूमा घुम्ने गरिएको छ ।

ती लाउडस्पीकरहरूले उत्तर कोरिया आफैंलाई रक्षा गर्न समर्थ भएको पनि बताउँछन् ।

प्योङयाङको एक पत्रिकाको हेडलाइनले देश ‘घृणाले उम्लिरहेको’ दाबी गर्छ ।

देश त थाहा छैन, किम जोङ उन चाहिँ साँच्चै रिसाएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्