इरानको एक अदालतले राजधानी तेहरानका प्रमुख स्थानमा नाच्ने जवान जोडीलाई १० वर्षको कैद सजाय दिएको छ ।
उनीहरूले त्यसरी नाचेर सरकारलाई चुनौती दिएको बताइएको छ ।
अस्तियाज हागिगी तथा उनका प्रेमी अमिर मोहम्मद अहमदीलाई गत नोभेम्बर महिनामा पक्राउ गरिएको थियो । उनीहरू आजादी टावरको अगाडि रोमान्स गर्दै नाचेको भिडियो भाइरल भएपछि पक्राउ गरिएको थियो ।
नाच्दाखेरी हागिगीले बुर्किनी लगाएकी थिइनन् र यसरी इरानको कठोर नियम तोडेकी थिइन् । त्यसै पनि महिलालाई सार्वजनिक स्थानमा नाच्ने अनुमति छैन, अझ पुरुषसँग नाच्न त झनै दिइन्न ।
तेहरानको एक अदालतले दुवैजनालाई १० वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । उनीहरूलाई इन्टरनेट उपयोग गर्न तथा इरान छोडेर जान पनि प्रतिबन्ध छ ।
यस जोडीलाई इन्स्टाग्राममा धेरैले फलो गर्ने गरेका थिए । उनीहरूलाई भ्रष्ट आचरण तथा सार्वजनिक स्थानमा वेश्यावृत्तिको दोषी ठहर गरिएको छ । साथै राष्ट्रिय सुरक्षालाई खलबल्याउने उद्देश्यका साथ भेला भएको कसूरमा पनि उनीहरूलाई कसूरदार ठहर्याइएको छ ।
An Iranian court has handed jail sentences of over 10 years each to a young couple who danced in front of one of Tehran's main landmarks pic.twitter.com/1Bghmo2sub
— DW News (@dwnews) February 1, 2023