३० जेठ २०८३, शनिबार

स्वेच्छीकरुपमा सदस्यता त्याग गर्न महासंघको आग्रह

स्वेच्छीकरुपमा सदस्यता त्याग गर्न महासंघको आग्रह

नेपाल पत्रकार महासंघले लामो समयदेखि महासंघको सदस्यता कायम रहेको तर पत्रकारिता क्षेत्रमा सक्रियता नरहेकाहरुलाई स्वेच्छिकरुपमा सदस्यता त्यागको आग्रह गरेको छ । महासंघको गत पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाले शुद्धिकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सो साधारणसभाले महासचिव रोशन पुरीको संयोजकत्वमा पूर्व महासचिव उजीर मगर र पूर्व सचिव रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको शुद्धिकरण समिति गठन गरी शुद्धिकरण अभियान अगाडि बढाएको थियो । महासंघका महासचिव पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकारितामा सक्रिय नरहेका, पेशा परिवर्तन गरेका सदस्यलाई स्वेच्छीक रुपमा सदस्यता त्यागको अपिल गरेका हुन् । 

“कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न साधारणसबाट गठित सदस्यता शुद्धिकरण समितिले साधारणसभाबाट प्राप्त कार्यादेश बमोजिम काम अगाडि बढाएको छ, सदस्यता शुद्धिकरण अभियान थालनी गर्ने निर्णय भए बमोजिम महासंघका सदस्यहरु  र सबै शाखा, एसोसियट संस्थाहरु र वैदेशिक शाखाहरुलाई शुद्धिकरण अभियानमा साथ दिन यो आव्हान गरिएको छ” जारी विज्ञप्तिमा उल्लेख छ । 

समितिले महासंघमा आवद्ध सदस्यहरुको अद्यावधिक विवरण संकलन गरी छानविन गरेर मात्र सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति लिएको जनाएको छ । सदस्यता स्वेच्छीक रुपमा त्याग नगरेमा महासंघले बनाउने मापदण्डका आधारमा सूचीबाट हटाइने समितिले सचेत गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्